धवलागिरि क्षेत्रका पुराना टेबल टेनिस खेलाडी तथा पूर्वसहायक प्रशिक्षक सुख शाक्यको निधन भएको छ ।
उनको ६० वर्षको उमेरमा सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बागलुङ नगरपालिका–३ नौबीसेटोल निवासी उनी निमोनियाबाट पीडित थिए ।
टेबल टेनिसको सहायक प्रशिक्षक पदबाट शाक्यले गत वर्ष भदौमा अनिवार्य अवकाश पाएका थिए । उनले जिल्ला खेलकूद विकास समितिमा लामो समय सेवा गरेका थिए ।