logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

काठमाडौंमा महिला रेस्लिङ च्याम्पियनसिप हुँदै


अंकुरण खबर
780
Shares

नयाँ महिला रेस्लरहरुबीच शनिबार काठमाडौंमा ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुँदैछ ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा काठमाडौंको मीनभवनमा च्याम्पियनसिप हुन लागेको हो ।

फाउन्डेसनको संस्थापक अध्यक्ष तथा नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का ९युनिका० ले यस प्रकारको महिला च्याम्पियनसिप देशमा पहिलो पटक हुन लागेको बताइन् ।

उनले भनिन्, “महिलाहरुको रेस्लिङ अहिलेसम्म भएको छैन, कोरोना संक्रमण महामारीका बेला रेस्लिङ सिकेका दिदीबहिनीलाई रिङमा उतार्न लागेकी छु ।”

खड्काले महिलाहरुलाई रेस्लिङको तालिम दिंदै आएकी छन् । अहिलेसम्म आफूले १०७ जना महिलालाई तालिम दिएकोमा तीमध्ये ४५ जनाले निरन्तर खेलिरहेको उनले बताइन् ।

खड्काले विभिन्न देशमा रेस्लिङ खेलेर अन्तर्राष्ट्रिय पुरस्कारहरु पनि जितेकी छन्।