logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवा नगएपछि संवैधानिक परिषदको बैठक स्थगित


अंकुरण खबर
650
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि आइतबारका लागि तय गरिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

संवैधानिक आयोग तथा निकायहरुमा रिक्त पद पूर्तिका लागि छलफल गर्न भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहानका लागि संवैधानिक परिषदको बैठक बोलाएका थिए ।

परिषदको बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीच ३ दिन अगाडि छलफल समेत भएको थियो ।

सरकारविरुद्ध प्रदर्शन गर्न लागेको अघिल्लो दिन बस्ने परिषदको बैठकमा सहभागी हुन ‘नराम्रो सन्देश’ जाने भन्दै देउवा आइतबारका लागि तय भएको बैठकमा सहभागी नभएका कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

नेपाली कांग्रेसले सोमबार (मंसिर २९ गते) देशभर सरकारविरुद्ध प्रदर्शन गर्दै छ ।