logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस कार्यालय सानेपा पुगे प्रचण्ड नेपाल समूहका नेता


अंकुरण खबर
845
Shares

नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा भाग लिन नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाललगायत नेता कांग्रेस कार्यालय सानेपा पुगेका छन् ।

उनीहरु बानेश्वमा आफू पक्षधर सा‌सदहरुको भेला सकाएर त्यसतर्फ गएका हुन् । आजका लागि बोलाइएको संसदीय दलको बैठक भने स्थगित गरेर उनीहरु सानेपा पुगेका हुन् ।

सभापति शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा भाग लिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रतिपक्षी दलले चाल्नुपर्ने कदमबारे छलफल गर्न काँग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।

बैठकका लागि जनता समाजवादीलगायत दललाई पनि कांग्रेसले बोलाएको छ । आइतबार संसद विघटन भएपछिको अवस्थाबारे छलफल गरि आवश्यक रणनीति तय गर्ने तयारी नेताहरुको छ ।