logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बार्सिलोनालाई सहज जितको अपेक्षा


अंकुरण खबर
910
Shares

स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज (मंगलबार) बार्सिलोनाले रियल भालाडोलिडसँग प्रतिस्पर्धा गर्दै छ ।

लिगमा पछिल्लो समय कमजोर बनेको बार्सिलोनाले भालाडोलिडसँग प्रतिस्पर्धा गर्न लागेको हो । भालाडोलिडको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति २:४५ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् ।

लिगमा १३ खेल खेलेको बार्सिलोना २१ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । आजको खेलमा जित निकाल्दै बार्सिलोना लिगमा आफूलाई बलियो बनाउने योजनामा छ ।

यदि बार्सिलोना आजको खेलमा पराजित भए लिगमा आफूलाई कमजोर बनाउनेछ । बार्सिलोना लिगमा बलियो बन्न आजको खेलमा जित निकाल्नैपर्ने दबाबमा छ ।

यता रेलिगेसन जोनमा रहेको भालाडोलिड आजको खेलमा जित निकाल्दै आफूलाई रेलिगेसन जोनबाट माथि उकास्ने योनजामा छ । आजको खेलमा जित  निकाल्न सके भालाडोलिड तालिकाको ११औं स्थानमा उक्लनेछ । हाल  भालाडोलिड १४ अंकसाथ तालिकाको १८औं स्थानमा छ ।