logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाहाल–नेपाल समूहद्वारा निर्वाचन आयोगमा २९५ केन्द्रीय सदस्यको हस्ताक्षर पेस


अंकुरण खबर
754
Shares

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा २९५ जना केन्द्रीय कमिटीको हस्ताक्षर बुझाएको छ ।

पार्टीको नाम, चुनाव चिह्न र वैधानिकता दाबी गर्दै सो समूहले शुक्रबार आयोगमा हस्ताक्षर बुझाएको हो। हस्ताक्षरको सूची बुझाउँदै अध्यक्ष पुष्पकमल दाहालले आवश्यक परे ३१५ जनाको भौतिक उपस्थिति गराइने प्रतिबद्धता जनाएका छन् ।

दाहालले निर्वाचन आयोगका पदाधिकारीसमक्ष ७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नेकपा गठन भएको, सोही दिनको केन्द्रीय समितिको संयुक्त अधिवेशनले ४४१ सदस्यीय केन्द्रीय कमिटी बुझाएको पनि अवगत गराएका छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र प्रचलित कानुनमा भएको व्यवस्थाबमोजिम विवाद निरुपण हुने विश्वास दिलाए।