logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटन : वीरगंजमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


अंकुरण खबर
4.264K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको वीरगंजमा पुत्ला दहन गरिएको छ ।

वीरगंजको घण्टाघरमा भएको विरोध कार्यक्रममा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

जसपाका कार्यकर्ताहरुले प्रतिनिधिसभा विघटन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।

पुतला दहन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा जसपा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको थियो ।

संसद विघटन प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदम भएको संज्ञा दिदै जसपाले देशव्यापी पूर्व निर्धारित कार्यक्रम अन्तर्गत पुत्ला दहनको कार्यक्रम आज गरेको थियो ।

जसपा पर्साका संयोजक रामनरेश यादवको अगुवाईमा भएको कार्यक्रममा वीरगंजका मेयर विजयकुमार सरावगी, प्रदेश सांसद रमेश कुर्मी, महासचिव राजेशमान सिंह, निजामुद्दीन समानी, जिल्ला सचिव तबरेज अहमदलगयातको सहभागिता रहेको थियो।