logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल समूहको आज ७७ वटै जिल्लामा भेला


अंकुरण खबर
3.562K
Shares

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आज ७७ वटै जिल्लामा जिल्ला भेला आयोजना गर्न लागेको छ।

संसद् विघटनविरुद्ध आन्दोलनका लागि सबै जिल्लामा कार्यकर्तालाई अभिमूखिकरण गर्न भेला आयोजना गर्न लागेको हो । नेकपाले मंगलबार सबै जिल्लामा प्रदर्शन गर्न लागेको जनाएको छ ।

त्यस्तै, मंगलबार नै राजधानीमा पनि विशाल प्रदर्शन गर्ने जनाएको छ । यसैगरि पुस २० गते प्रत्येक स्थानीय तहमा पार्टी बैठक र भेलाको आयोजना गर्न लागेको छ ।

त्यसपछि वडा स्तरीय भेला र बैठकको आयोजना गर्ने भएको छ । यसका लागि पुस २५ गते तोकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि प्रचण्ड नेपाल समूह विरोधमा उत्रिएको छ । अब आन्दोलनलाई देश व्यापी बनाउन वडा स्तरसम्म भेला गर्न लागिएको जनाएको छ ।