logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

काठमाडौं आइपुग्यो चिनियाँ टोली


अंकुरण खबर
1.3K
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा राजनीतिक रुपमा फुटेको बेला चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा एक टोली नेपाल आईपुगेको छ ।

आइतबार येचै नेतृत्वको टोली एअर चाइनाको उडानबाट छङ्तु हुँदै काठमाडौं आइपुगेको हो । चार सदस्यीय चिनियाँ टोलीले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भोलि बिहान भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

आज दिउँसो तीन बजे चिनियाँ दूतावास,बालुवाटारमा दुबै पक्षका विदेश मामिला प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित हुँदै राजनीतिक गतिविधी जारी रखेको बेलामा चीन भ्रमणलाई महत्वपूर्ण ठानिएको छ । नेपालमा बलियो कम्युनिस्ट पार्टीको पक्षमा चीन उभिँदै आएको र उसले नेकपालाई फुटबाट जोगाउने प्रयास गर्ने विश्वास लिइएको छ ।