logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अष्टलक्ष्मीले पेरिसडाँडामा बोलाइन् नेकपा बागमती प्रदेश संसदीय दलको बैठक


अंकुरण खबर
702
Shares

नेकपा (प्रचण्ड–माधवकुमार नेपाल) खेमाकी बागमती प्रदेशसभा सदस्य एवं पार्टी इन्चार्ज अष्टलक्ष्मी शाक्यले नेकपा बागमती प्रदेशको संसदीय दलको बैठक बोलाएकी छन् ।

उनले बागमती प्रदेश संसदीय दलको बैठक बुधबार बिहान ११ बजे पार्टीमुख्यालय पेरिसडाँडामा बोलाइएकी हुन् ।

५ दिन अघि उनलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गर्दै उनको खेमाका सदस्यहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका थिए ।

मंगलबार मुख्यमन्त्री पौडेलले शाक्य खेमाका प्रदेश संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका थिए ।

बुधबार नै आफूहरुले महिला भेलाको आयोजना गरेको उनले जानकारी दिइन् ।