logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टि–ट्वान्टी राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ को दोस्रो जित


अंकुरण खबर
1.599K
Shares

प्रधानमन्त्री कप टि–ट्वान्टी राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले दोस्रो जित हात पारेको छ ।

दाङको लमहीमा बुधबार समुह बी अन्तर्गत प्रदेश १ ले सुदुरपश्चिम प्रदेशलाई ५ विकेटले हराएर दोस्रो जित हात पारेको हो ।

यो खेलमा पहिले व्याटिङ सुदुर पश्चिमले निर्धारित १६ ओभरमा ८ विकेट गुमाएर ५३ रन बनायो । सुदुर पश्चिमका लागि सबै भन्दाबढी कविता जोशीले अविजित १४ रन बनाइन् । सुदुरपश्चिमलाई ५३ रनमा समेट्न संगिता राइले ३ तथा शवनम राइले २ विकेट लिइन् ।

जवाफमा प्रदेश १ ले १५ दशमलव १ ओभरमा ५ विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको हो । मंगलबार बागमतीलाइ हराएको प्रदेश १ ले यो जितसंगै सेमिफाइनलमा पुग्ने संभावना बलियो बनाएको छ ।

यो प्रतियोगितामा समुह ए बाट विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरिसकेका छन् । एपीएफ समुह विजेता तथा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।