logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूँजी बजारको विकासलाई सरकारले प्राथमिकता दिएको छ : अर्थमन्त्री खतिवडा


अंकुरण खबर
767
Shares

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले पूँजी बजारको विकासलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन । उनले उत्पादनमा जोड दिई पूँजी बजारको विकासलाई प्राथमिकता दिएको र लगानीको नयाँ नयाँ क्षेत्रहरु पहिचान गरिरहेको बताए ।

शनिबार पोखरा उद्योग वाणिज्य संघको ६५ औँ वार्षिक अधिवेशनमा बोल्दै अर्थमन्त्री खतिवडाले देशको अर्थतन्त्र सकारात्मक उन्मुख रहेकोले व्यवसायी चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए । उनले पछिल्लो समय व्यवसायीक वातावरण बनेको समेत दाबी गरे । उनले पूर्वाधार विकासमा रकम खर्चिँदा व्यापार घाटा बढेको देखिएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

अर्थमन्त्री खतिवडाले काठमाडौँदेखि पोखरासम्मको बाटोको स्तरोन्नतिका लागि मात्रै ४० अर्ब बजेट छुट्टयाएको उनले बताए । त्यस्तै उनले आफूले ल्याएको कर प्रणालीको बचाउ गर्दै कर प्रणाली नयाँ जुत्ता लगाउँदा शुरुमा असहज भएजस्तै पछि बानी परेपछि सहज हुने समेत बताए ।