logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

बिग बास लिग : मेलबर्नसँग होबार्ट १० रनले पराजित, सन्दीपको औसत प्रदर्शन


अंकुरण खबर
1.079K
Shares

अष्ट्रेलियामा जारी बिग बास लिग ‘बीबीएल क्रिकेटमा सन्दीप लामिछाने आवद्ध होबार्ट हुरिकेन्स पराजित भएको छ ।

सोमबार भएको खेलमा होबार्ट मेलबर्न स्टार्ससँग १० रनले पराजित भएको हो । मेलबर्नले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रनमा समेटिएको हो ।

होबार्टका लागि बेन म्याकडेर्मोटले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । डाविड मालनले २६, पिटर ह्यान्डकम्पले २१ र कोलिन इन्ग्रामले १७ रन जोडे । मेलबर्नका साम रेनबर्डले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । मेलबर्नका लागि मार्कुस स्टोनिसले ९७, हिल्टन कार्टराइटले ३६, निकोलस पुरनले २६ रन जोडे । कप्तान ग्लेन म्याक्सवेलले ६ रन मात्रै बनाए ।

होबार्टका नाथन एलिसले तीन विकेट लिए । रिले मेरेडिथले दुई तथा सन्दीपले एक विकेट लिए । सन्दीपले ४ ओभरमा ३६ रन खर्चिएर १ विकेट हात पारेका हुन् । सन्दीपले लगातार दोस्रो खेलमा विकेट लिएका हुन् । अघिल्लो खेलमा उनले दुई विकेट लिएका थिए ।

जितपछि मेलबर्नले ७ खेलमा १५ अंक जोडेर चौथो स्थानमा रहेको छ । होबार्ट १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।