नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको गल्ती नसच्याए मन्त्रीहरुलाई मोसो दल्ने चेतावनी दिएका छन् ।
संसद् विघटनविरुद्ध लालटिन जुलुस बानेश्वरमा कोणसभामा परिणत भएपछि सम्बोधन गर्दै उनले ओलीलाई संसद् विघटनको गल्तीको प्रायश्चित गर्ने समय रहेको बताए । उनले नसच्चिए ओली सरकारको मन्त्रीहरुलाई मोसो लगाउने चेतावनीसमेत दिएका हुन् ।
‘काठमाडौंको २२ धारामा नुहाएर सुनधारामा टेकेर संविधानलाई अपमान गरिएको हो भने केपी ओलीजी त्यो कुरा हामीलाई अस्वीकार्य छ,’ कार्यक्रममा उनले भने ।
प्रधानमन्त्री ओलीले गणतन्त्र नेपालमा आउनु भनेको बयगाडामा चढेर अमेरिका जानुजस्तै भएको विषयप्रति कटाक्ष पनि गरे । ‘२६ गते ओलीलाई बलयगाडामा राखेर अमेरिका धपाउँदै छौं,’।