अस्ट्रेलियामा जारी बिगबास लिग क्रिकेटमा टस जितेर फिल्डिङ रोजेको होबर्ट हरिकेन्सका तर्फबाट नेपाली स्पिनर सन्दीप लामिछाने बिहीबारको खेलमा आफ्नो पहिलो विकेट लिएका छन् ।
सातौँ ओभरको चौथो बलमा सन्दीपले क्यालम फर्गुसनलाई जोहान बोथाको हातबाट क्याच आउट गराए ।
जारी खेलमा पाँचौ ओभरमा बलिङ गर्न आएका सन्दीपले ६ रन खर्चेर क्याच आउट गराएका हुन् । गत सोमबार भएको खेलमा सन्दीपले १ विकेट लिएका थिए।
पर्थ स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको सिड्नी थन्डरले ८ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ७१ रन जोडेको छ।
सिड्नीका ओपनिङ ब्याट्सम्यान उस्मान ख्वाजा र एलेक्स हेल्सले ५९ रनको साझेदारी गरे। १९ बलको सामना गरेका एलेक्सले ४ चौका प्रहार गर्दै २१ रन जोडे।
एलेक्सलाई डि अर्ची सर्टले छैटौं ओभरको चौथो बलमा नाथल इल्सको हातबाट क्याच आउट गराए । सर्टले नै साम बिलिंग्सलाई पवेलियनको बाटो देखाए। एजेन्सी