logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ कोरोनाका कारण इंग्ल्याण्डमा फुटबल खेलहरु प्रभावित


अंकुरण खबर
949
Shares

बेलायतमा नयाँ कोरोना भाइरसको संक्रमण तीव्र भएपछि फुटबल खेलहरु प्रभावित भएका छन् ।

नयाँ भेरियन्टको भाइरस देखिएयता प्रिमियर लिगका झण्डै आधा दर्जन म्याचहरु स्थगित गरिएको छ ।

पछिल्लो सयम हरेक जसो फुटबल क्लबमा कुनै न कुनै खेलाडी संक्रमित भएका छन् । यसले गर्दा टोलीहरुलाई पहिलो रोजाइको भन्दापनि आफूसँग रहेका स्वस्थ खेलाडीहरुलाई मैदानमा उतार्नुपर्न बाध्यता देखिएको छ ।

इंग्लीश एफए कप फुटबलका तेस्रो चरणका दुई वटा खेल आज राति हुनेछ । आज लिभरपुल र एस्टन भिल्ला तथा वुल्भरह्याम्पटन र क्रिष्टल प्यालेस भड्निेछन् ।

लिभरपुल विरुद्धको खेलमा आफ्नो दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उतार्ने एस्टन भिल्लाले जनाएको छ । भिल्लाको पहिलो रोजाइको टोलीका अधिकांश खेलाडी संक्रमित वा कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

टोलीका मुख्य प्रशिक्षक डिन स्मिथको ठाउँमा २३ वर्षमुनिको टोलीका प्रशिक्षक मार्क डेलानीले प्रशिक्षण समाल्दैछन् । अधिकांश खेलाडीहरु शंकामा परेपछि एस्टन भिल्लाले आफ्नो नियमित प्रशिक्षण तथा हेल्थ क्लब बन्द गरेको छ ।