logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

राष्ट्रियसभा अन्त्यका लागि प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष सिफारिस, आजै अन्त्य गर्ने निर्णय


अंकुरण खबर
1.43K
Shares

मन्त्रिपरिषदको आकस्मिक बैठकले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

आज (आइबार) बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

सिफारिशका आधारमा राष्ट्रपतिले पत्र पठाएर आजै अधिवेशन अन्त्यको घोषणा गर्ने बुझिएको छ । आज दिउँसो १ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको बुझिएको छ । पुष १७ गतेबाट सुरु भएको हिउँदे अधिवेशन यसपटक छिट्टै अन्त्य गर्न लागिएको हो ।