प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि बहस हुँदैछ ।
हिजो वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बहस गर्दागर्दै बहस सकिएकाले आजको बहसको सुरुवात उनले नै गर्नेछन् ।
हिजो भएको बहसमा अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउनकै लागि प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका थिए । रिट निवेदकहरुका तर्फबाट हिजो पाँच जना अधिवक्ताले बहस गर्दै विघटनको सिफारिस बदर गरी संसद पुनःस्थापना हुनुपर्ने माग दोहो¥याएका थिए ।
हिजो अधिवक्ताहरु डा. शिवकुमार यादव, शेरबहादुर ढुङ्गाना, हर्कबहादुर रावल, डा. रुद्र शर्मा र डाक्टर ज्ञवालीले बहस गरेका थिए ।