logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, प्रदेश १ मा कांग्रेसले अविश्वास प्रस्तावलाई समर्थन गर्ने


अंकुरण खबर
3.861K
Shares

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका प्रदेश १ र बागमती प्रदेश सभा बैठक आज बस्न लागेको छ ।

प्रदेश १ मा भने कांग्रेसले अविश्वास प्रस्तावका पक्षमा उभिने भएको छ । प्रदेश १ र बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आज सुरु हुन लागेको हो । प्रदेश १ को बैठक दिउसो २ बजे र बागमती प्रदेशको बैठक अपारह्न ३ बजे बस्न लागेको छ ।

नेकपाकै सांसदहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गराएपछि प्रचण्ड नेपाल समूहका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

दुवै प्रदेशमा कांग्रेस निर्णायक छ । अहिलेसम्म कांग्रेसले कसलाई सघाउने भन्ने निर्णय गरेको छैन। तर, प्रदेश १ का कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रेस विज्ञप्ति जारी गरि अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएका छन् । उनले प्रमुख प्रतिपक्ष दलको नाताले अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने बताएका छन् ।