logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

संसद विघटनविरुद्ध बेलुन उडाएर विरोध प्रदर्शन


अंकुरण खबर
962
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह निकटका राष्ट्रिय युवा संघले बेलुन उडाएर प्रदर्शन गरेको छ ।

संसद विघटनविरुद्ध केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट आज युवा संघले कालो बेलुन उडाएर विरोध जनाएको हो । संसद् पुनर्स्थापनाको माग गर्दै युवा संघले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।

बुधबार पनि काठमाडौंको भृकुटीमण्डपबाट विरोधस्वरुप मोटरसाइकल र्‍याली निकालिइएको थियो । साथै, दोस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले शुक्रबार राजधानीको विभिन्न नौ ठाउँबाट शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।