logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री कप क्रिकेट : एपीएफले कर्णाली र लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्दै


अंकुरण खबर
1.196K
Shares

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु हुँदैछन ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा विभागीय टिम एपीएफले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

कर्णालीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ । उसले यसअघि प्रदेश एक र गण्डकीलाई हराएको थियो । दुई खेलमा चार अंक जोडेर एपीएफ समूह ए को दोस्रो स्थानमा छ ।

कर्णाली भने दोस्रो जितको खोजीमा हुनेछ । कर्णालीले तीन खेलमा दुई अंक जोडेको छ । कर्णाली तेस्रो स्थानमा रहेको छ ।

मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । लुम्बिनी दोस्रो र सुदूरपश्चिम पहिलो जितको खोजीमा हुनेछ । समूह ’बी’ को लुम्बिनी दुई अंक जोडेर तेस्रो र अंक विहीन सुदूरपश्चिम पुछारमा रहेको छ ।