logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाका नेता यादव नेकपा प्रवेश


अंकुरण खबर
884
Shares

जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्वसांसद शिवजी यादव नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् ।

मंगलबार यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् । उनलाई प्रधानमन्त्री ओलीले पार्टीमा स्वागत गरेका थिए ।

जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू ओली समूहको नेकपामा प्रवेश गरेको यादवले बताए ।

पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘मुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको छ । जनतामा जाने निर्णयलाई समर्थन गर्दै म नेकपामा आवद्ध भएको हो । मलाई पार्टीले जुन जिम्मावारी दिन्छ, त्यसमै रहेर काम गर्छु । म पहिला पनि एमालेमै थिएँ ।’

महोत्तरीका यादव दोस्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमका सांसद थिए ।