logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फागुनको पहिलो हप्तादेखि संयुक्त आन्दोलन सुरु : डा. बाबुराम भट्टराई


अंकुरण खबर
1.196K
Shares

पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले फागुनको पहिलो हप्तादेखि संयुक्त आन्दोलन सुरु हुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई खतरनाक तानाशाहको संज्ञा दिँदै पौष ५ को कदमले लोकतन्त्रनै विघटन भएको उनको भनाई छ ।

लोकतन्त्रको हत्या गर्ने तानाशाहले कहिपनि चुनाव गराएको इतिहास नरहेको भन्दै वैशाख १७ र २७ मा चुनाव नै नहुने उनको दावी छ ।

सत्तारुढ दलका दाहाल–नेपाल समूहलाई सुझाव दिँदै डा. भट्टराईले एक्ला एक्लै समूहगत सभा र आन्दोलनले ओली नसच्चिने भन्दै सवैसँग मिलेर वृहत आन्दोलनको तयारीमा लाग्न आह्वान समेत गरेका छन ।