logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनगढीमा ओली पक्ष र प्रचण्ड-नेपाल पक्षबीच तनाव


अंकुरण खबर
806
Shares

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का दुवै समूह आमुन्ने सामुन्ने आएपछि धनगढीको चौराहा तनावग्रस्त बनेको छ।

नेकपा ओली समूहका विद्यार्थी नेता कुमार बडेला सवार कारको चाबी नेकपाकै अर्को प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले थुतेपछि विवाद निम्तिएको हो। त्यसपछि भेला भएका ओली पक्षका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

ओली पक्षका कार्यकर्ताले ‘सही पनि एमाले, मै पनि एमाले..’ भन्दै नारा लगाएर प्रदर्शन गरिरहेका छन्।

प्रचण्ड-नेपाल पक्षले आव्हान गरेको आमहड्ताको विरोध गर्दै सडका निस्किएका उनीहरूले बद्री पंगेनीले गाएको तत्कालिन नेकपा एमालेको चुनावी गीत सही पनि एमाले मै पनि एमाले.. भनेर गीत गाउँदै नाचेर प्रदर्शन गरेका छन्।

आमहड्तालको विरोधमा नेकपा ओली पक्षका युवाले प्रदर्शन सुरू गरेलगत्तै प्रचण्ड-नेपाल पक्षले आपत्ति जनाएका छन्। उनीहरूले आमहड्तालको विरोधमा सडकमा पुगेका ओली पक्षका कार्यकर्ता हटाउन प्रहरीसमक्ष माग गरिरहेका छन्।

दुवै समूहबीच चर्काचर्की बढेपछि चौराहा क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।