logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

चौदण्डीगढीको पोस्टमा एपीएफको १४ गोल, सावित्रा एक्लैको आठ गोल


अंकुरण खबर
910
Shares

राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले अपराजित यात्रा कायमै राखेको छ ।

एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपीएफले सोमवार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई चौध-शून्य गोलले हराएको हो ।

एपीएफका लागि सावित्रा भण्डारीले आठ गोल गरिन् । सावित्राले खेलको चौथो,  १८ औँ, ३६ औँ,  ४३ औँ, ५३ औँ, ५६ औँ, ७२ औँ  र ८७ औँ मिनेटमा गोल गरिन् ।

यस्तै अनिता केसीले २४ औँ र ४० औँ, अनिता बस्नेतले पहिलो हाफको थपिएको समयमा र ६४ औँ मिनेटमा तथा अनु लामाले ७६ औँ र रविना गोलेले ७९ औँ मिनेटमा गोल गरिन् ।

यो जितसँगै शीर्ष स्थानमा रहेको एपीएफको २१ अङ्क भएको छ ।

चौदण्डीगढीले अहिलेसम्म एउटा खेल पनि जित्न सकेको छैन । प्रतियोगितामा मङ्गलवार त्रिभुवन आर्मी र वालिङ नगरपालिका तथा नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिका खेल्नेछन् ।