logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइपिएलको अक्सनमा नेपालबाट सन्दीप मात्र


अंकुरण खबर
819
Shares

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरेको थियो । तर भारतीय क्रिकेट बोर्डले बिहीबार सार्वजनिक गरेको अक्सनको सूचीमा सन्दीप मात्र परेका हुन्।

क्यानले सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिको थियो।

अक्सन फेब्रुअरी १८ मा चेन्नईमा हुनेछ।