logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले बोलायो यी २० खेलाडी


अंकुरण खबर
1.391K
Shares

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबारदेखि सुरु भएको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई डाकेको छ।

पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका चार जना नयाँ खेलाडीले दोस्रो चरणमा ठाउँ बनाउन सकेनन्। पहिलो चरणको बन्द प्रशिक्षणमा २१ खेलाडी सहभागी थिए।

क्यानले दोस्रो चरणमा बोलाएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्रसिंह ऐरि, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर, कुशल मल्ल, अविनाश मेहरा छन्।

यस्तै, कमलसिंह ऐरि, आशिफ शेख, सुसान भारी, कुशल भुर्तेल, ललित भण्डारी, विक्रम शोब, सन्दीप जोरा, पृथु बाँस्कोटा, शाहब आलम र बसन्त रेग्मी छन्।

प्रधानमन्त्री कप खेल्ने क्रममा घाइते बनेका आरिफ शेखको स्थानमा वसन्त रेग्मीलाई सहभागी गराइएको छ।

दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारदेखि सुरु भएको छ।