logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टि–२० मा नेपालको वरीयता यथावत


अंकुरण खबर
3.341K
Shares

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निकालेको नयाँ टि–२० वरीयतामा नेपाल यथावत  स्थानमा रहन सफल भएको छ । नेपाल १८० रेटिङ प्वइन्टका साथ १५ औं स्थानमा छ ।

एसोसिएट राष्ट्रमा नेपालभन्दा अगाडि युएई र स्कटल्यान्ड छन् । युएई १८६ रेटिङ प्वइन्टका साथ १३ औं र स्कटल्यान्ड १८२ रेटिङ प्वाइन्टका साथ १४ औं स्थानमा छन् ।

२७५ रेटिङ प्वइन्टका साथ इङ्ल्यान्ड वरीयताको शीर्ष स्थानमा रहँदा २७२ रेटिङ प्वइन्ट पाएको अस्ट्रेलिया दोस्रो स्थानमा छ ।

भारत, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, बङ्गलादेश, अफगानिस्तान र वेस्ट इन्डिज क्रमशः तेस्रोदेखि १० औं स्थानमा छन् ।

एकदिवसीय तर्फ नेपाल वरीयताको १७ औं स्थानमा छ ।