logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अघि सानेपामा समूहगत छलफल


अंकुरण खबर
1.261K
Shares

नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला समूह छुट्टाछुट्टै छलफलमा जुटेको छ ।

छलफलबाट देउवा समूहले जेठभित्रै महाधिवेशन सक्ने गरी कार्यतालिका तयार गर्ने विषय बैठकमा उठाउने देउवानिकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यस्तै, सिटौला समूहले तीनवटा विषय छलफलका लागि बैठकमा उठाउने भएको छ । प्रतिनिधिसभा पुनर्स्थापना कि निर्वाचन भन्ने विषयमा पार्टीको आधिकारिक निर्णयको माग गर्दै नेकपाले जस्तै केन्द्रमा बृहत् नागरिक सभा गर्न पार्टीलाई दवाव दिने सिटौला समूहको तयारी छ ।

त्यस्तै, जेठ १५ बाट तल्लो तहबाट शुरू गरी भदौभित्र केन्द्रीय महाधिवेशन सक्ने कार्यतालिका बनाउने बारे पनि बैठकमा कुरा उठाउने सिटौला निकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकमा उठाउने विषयको रणनीति तय गर्न वरिष्ठ नेता पौडेल समूहको छलफल चलिरहेको छ ।