logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाबुराम भट्टराईलाई मंगलबार अस्पताल भर्ना गरिने


अंकुरण खबर
1.3K
Shares

उपचारका लागि दिल्ली पुगेका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भोलि (मंगलबार) अस्पताल भर्ना गरिने भएको छ ।

भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार डा. भट्टराईलाई ‍नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना गर्न लागिएको हो ।

यसअघि डा. भट्टराईले काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । चेकजाँचका क्रममा डाक्टरहरूले उनलाई ‘न्यूरो इन्डाक्राइनको ट्युमर’ भएको हुनसक्ने आशंका गरेपछि थप उपचारका लागि भट्टराई आइतबार दिल्ली उडेका थिए ।