logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा फिलिप्स नियुक्त


अंकुरण खबर
2.327K
Shares

नेपाली महिला फुटबलको इतिहासमा पहिलो पटक अखिल नेपाल फुटबल संघ एन्फाले बिदेशी प्रशिक्षक अष्ट्रेलियन गेरी फिलिप्सलाई महिला राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।

समान पारिश्रमिकपछि नेपाली महिला फुटबलमा विदेशी प्रशिक्षक नियुक्त गरिएको यो अर्को तारिफ योग्य कदम हो । गेरी पछिल्लो समय एन्फाको टेक्निकल निर्देशकको रूपमा कार्यरत छन । अब उनलाई थप जिम्मेवारी दिइएको हो । उनीसँग आगामी डिसेम्बरको अन्त्यसम्मका लागि सम्झौता गरिएको छ ।

उनी पूर्व अष्ट्रेलियन फुटबल खेलाडी हुन । सिडनी ओलम्पिक्स र ब्रिसबेन स्ट्राइकरसबाट उनले खेलेका थिए । खेल करियरपछि उनले विभिन्न आठ क्लबमा प्रशिक्षकको भूमिका निभाएका छन । सन् २०१९ देखि भने उनी एन्फाको टेक्निकल निर्देशकको रूपमा कार्यरत थिए ।

एन्फाले छिट्टै साफ महिला च्याम्पियनसिप र एएफसी उमन्स एसियन कप क्वालिफायरको तयारी स्वरुप महिला टिमको बन्द प्रशिक्षण सुरू गर्ने जनाएको छ ।