logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर र श्रीकुमारी भिड्दै


अंकुरण खबर
806
Shares

सहिद स्मारक बी डिभिजन लिग अन्तर्गतको आजको फुटबल खेलमा मध्यपुर युथ एसोसिएसन र श्री कुमार क्लब भिड्दै छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा दिउँसो हुने पहिलो खेलमा मध्यपुर र श्रीकुमारीबीच खेल हुन लागिएको हो । मध्यपुर युथले आफ्ना ७ खेलबाट जम्मा ४ अंक जोडेको छ । उ अन्तिमबाट दोस्रो स्थानमा छ ।

यस्तै श्री कुमारी ७ खेलबाट ७ अंक जोडेर आठौँ स्थानमा छ । यस्तै आज दिउँसो हुने दोस्रो खेलमा बाँसबारी र पुल्चोक स्पोट्र्स क्लब भिड्दैछन् । ​

बाँसबारीले ७ खेलबाट १५ अंक जोडेको छ । बाँसबारी तेस्रो स्थानमा छ । पुल्चोकले भने जारी लिगमा जितको खाता खोल्न सकेको छैन । दुई खेलमा बराबरीको नतिजा निकालेको पुल्चोक २ अंकसहित पुच्छारमा छ ।