प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुली जाँदै छन् ।
राष्ट्रिय गौरबको आयोजना सुनकोशी-मरिण डाइभर्सनको शिलान्यास गर्नका लागि प्रधानमन्त्री ओली आज सिन्धुली जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी दिए ।
मरिण डाइभर्सनले मध्यतराईको सम्पूर्ण भूमिमा सिंचाई सुविधा पुग्ने र त्यहाँबाट २८ मेगावाटको बिजुली उत्पादन हुने आयोजनाको शिलान्यासका लागि प्रधानमन्त्री ओली सिन्धुली जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीसँगै उर्जामन्त्री टोपबहादुर रायमाझी पनि सिन्धुली जाँदै छन् ।
सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सुनकोशी-मरिण डाइभर्सन आयोजनालाई पनि राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो ।
आयोजना अघि बढाउन २ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।