logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महराको राजीनामाबारे संसद सचिवालयले प्रकाशित गर्‍यो सूचना


अंकुरण खबर
1.326K
Shares

काठमाडौं – सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे संसद् सचिवालयले सूचना प्रकाशित गरेको छ । हिजो महराले दिएको राजीनामासम्बन्धी सूचना सचिवालयले आज प्रकाशित गरेको हो ।

सभामुख महराले राजीनामा दिएकाले उपसभामुखको आदेशअनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम ९२० बमोजिम सूचना निकालिएको संसद् सचिवालयका सचिव भरतराज गौतमद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारमिाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महराले मंगलबार राजीनामा दिएका थिए ।