logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला उद्यमीलाई प्रोत्साहित गर्नुपर्छ : उपराष्ट्रपति पुन


अंकुरण खबर
845
Shares

उपराष्ट्रपति नन्दबहादुर पुनले महिला उद्यमीलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् । तर त्यसका लागि महिलाले सुरक्षित वातावरण पाउनुपर्नेमा उनले जोड दिए।

१११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसमा नेपाल चेम्बर अर्फ कर्मस महिला चेम्बरले लाजिम्पाटमा महिलाद्वारा उत्पादित सामग्री प्रदर्शन कार्यक्रममा उनले महिला हिंसाका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। महिला हिंसा अन्त्य नभएसम्म सभ्य समाज निर्माण हुन नसक्ने धारणा व्यक्त गरे।

महिला उद्यमीहरूको प्रोत्साहनका लागि गरिएको कार्यक्रम उद्घाटन गर्दै उनले महिला दिवसमा श्रमिक महिला दिदीबहिनीमा प्रोत्साहन दिने खालका कार्यक्रम थप गर्दै लैजानुपर्नेमा जोड दिए।

उद्यमी बने पनि निर्णायक तहमा भने कम पुगेकाले आगामी दिनमा महिलाले नेतृत्वका लागि पनि पहल गनुपर्ने आवश्यकता औंल्याए।

सोही अवसरमा नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष रमेशकाजी श्रेष्ठले महिलाले जुनसुकै क्षेत्रमा पनि अगाडि बढ्न सक्नुपर्ने बताए। तर उनीहरूका लागि सुरक्षा र अवसर भने राज्यले प्रदान गर्नुपर्ने धारण उनले व्यक्त गरे।

महिला चेम्बर अफ कर्मस अध्यक्ष उर्मिला श्रेष्ठका अनुसार महिलाद्वारा उत्पादित सामग्री प्रदर्शन गरी उनीहरूलाई थप प्रोत्साहन दिन पहल गरिएको बताइन्। उक्त प्रदर्शन रेडिसन होटलमा तीन दिनसम्म हुनेछ।