logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आर्मीको खराब ब्याटिङपछि पुलिसले पायो ८८ रनको लक्ष्य


अंकुरण खबर
6.903K
Shares

जारी मेयर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३० ओभर एक बलमा स्तब्ध बनाउँदै ८७ रनमा समेटेको छ।

घातक बलिङ गरेको पुलिसका अघि आर्मीका सोमपाल कामी, राजु रिजाल, हरि चौहान, राजेश पुलामी, कुशल मल्ल, शुसन भारी र विनोद भण्डारीले जोर अंकमा रन बनाउन सकेनन्। त्यसमा कुशल मल्ल शून्य रनमै आउट भए भने शुसन भारीले एक रन बनाए।

आर्मीका लागि लोकेश बलले सर्वाधिक ३२ रन बनाए। रोहित पौडेल र विक्रम शोबले क्रमशः १३ र १४ रन जोडे।

यता टस हारेर बलिङ गरेको पुलिसका सागर ढकालले दुई मेडन राख्दै पाँच विकेट गिराए। चारको इकोनोमी प्रदान गरेका ढकालले १० ओभरमा ४० रन दिए। त्यस्तै, अर्का बलर पवन सर्राफले तीन मेडन राख्दै तीन विकेट लिए। उनले पनि १० ओभर बलिङ गर्दै एक दशमलव चारको इकोनोमी प्रदान गरे।

पुलिसका ललित राजवंशीले दुई विकेट गिराए।