logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘सी’ डिभिजन लिग फुटबलमा खालीबारी युथ क्लबको विजयी शुरुवात


अंकुरण खबर
1.911K
Shares

खालीबारी युथ क्लबले सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको उद्धघाटन खेलमा झापा एफसीलाई २–१ ले पराजित गर्दै खालीबारीले विजयी सुरुवात गरेको हो ।

खालीबारीलाई जित दिलाउन विपिन कँडेल र सुदिप केसीले एक एक गोल गरे । झापाका सरोज दोर्जी कार्कीले एक गोल फर्काए । जितसँगै खालीबारीले पहिलो खेलमा ३ अंक जोडेको छ । लिग अन्र्तगत दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेड भिडिरहेका छन् ।

१४ टिमले प्रतिस्पर्धा गर्ने सी डिभिजन लिगमा कूल ५२ खेल हुनेछ भने ३ टीम बी डिभिजनमा बढुवा हुनेछन् । यस्तै एक टिम रेलिगेसनमा पर्नेछ । सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ ।

दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ । पहिलो चरणको खेलपछि दुवै समूहका शीर्ष ३ स्थानमा रहने टोली सुपर लिगमा प्रवेश गर्नेछन् ।