सरकारले कोभिड-१९ विरुद्धको थप खोप निजी आयातकर्ता मार्फत ल्याउने तयारी थालेको छ ।
औषधी व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै निजी आयातकर्तालाई आयायात अनुमति दिइने जनाएको हो ।
विभागका अनुसार निजी कम्पनीले कर लगायत सबै मूल्य विश्लेषण गरि बढीमा १० प्रतिशत मुनाफा राखी खोप ल्याउन पाउनेछन् । त्यसका लागि खोपको अन्तिम मूल्य, ढुवानी, सेवा कर लगायत सबै विवरण खुलाई सात दिनभित्र आयात अनुमातिका लागि आवेदन दिन विभागले सूचित गरेको छ ।
यसअघि निजी क्षेत्रलाई समेत वैधानिक बाटो खुला गरेको जनाएको विभागले आयातका लागि औपचारिक आह्वान भने पहिलो पटक गरेको हो ।