logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपा कार्यकारिणी समितिको बैठक बस्दै


अंकुरण खबर
2.145K
Shares

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज ११ बजे बस्दै छ ।

देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको समायोजन, संसदीय दलको नेता लगायतको विषयमा छलफलका लागि सो बैठक बस्न लागेको हो ।

देशमा सत्ता समीकरणको चर्चा चलिरहेको बेला सरकार निर्माणका लागि कसलाई सहयोग गर्ने, कसलाई सहयोग नगर्ने विषयमा पनि आजको बैठकले एउटा निष्कर्ष निकाल्ने बताइएको छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वकै सरकारलाई सघाउने कि अर्को नयाँ सरकार बनाउन माओवादी केन्द्रलाई सघाउने विषयमा पार्टीभित्र फरक फरक मत रहेको छ ।