logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल–खनाल पक्ष संसदीय दलको बैठकमा हाजिर गर्न जाने तर बैठकमा नबस्ने


अंकुरण खबर
1.638K
Shares

नेकपा एमालेका नेपाल–खनाल पक्षका सासंदहरुले प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको संसदीय दलको बैठकमा गएर हाजिर गर्ने तर बैठकमा नबस्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्षका सांसदहरु जाने, हाजिर गर्ने तर बैठकमा नबस्ने निर्णय गरेको एमालेका नेपाल–खनाल पक्षका सांसद गंगालाल तुलाधरले जानकारी दिए ।

बैठकमा स्थायी कमिटी सदस्य तथा पदाधिकारीहरु बाहेकका सांसदहरु मात्र गएर हाजिर गर्ने निर्णय गरेको हो । नेपाल–खनाल पक्षको ललितपुरमा एक पार्टी प्यालेसमा बसेको छलफलपछि यस्तो निर्णय गरेको हो ।

बैठकमा सूर्य चिह्नबाट चुनाव जितेका सबै सांसदहरुलाई डाकिएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

यसअघि नेपाल खनाल पक्षले कार्यकर्ता भेला भएका कारण बैठकमा नजाने बताउँदै आएको थियो । यो समूहले बुधबारदेखि ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला जारी राखेको छ ।