logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश नं १ मा थपिए १३ संक्रमित


अंकुरण खबर
1.3K
Shares

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार ३२२ जनामा पिसिआर परीक्षणमा सात पुरुष र छ महिला गरी १३ मा संक्रमण देखिएको हो।

सङ्क्रमित हुनेमा विराटनगरका महानगरपालिकाका १०, सुनसरीको इनरुवाका दुई र धरानमा एक पुरुषमा रहेका छन् । प्रदेश नं १ मा हालसम्म दुई लाख २८ हजार आठ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ३० हजार तीन सय ०७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमध्ये २९ हजार सात सय ९७ जना निको भइसकेका छन्।

प्रदेश १ मा अहिलेसम्म ४६६ जनाको मृत्यु भएको छ । यसैगरी प्रदेशमा ४४ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोभिड–१९ विरुद्धको खोप दुई लाख ९८ हजार आठ सय ५३ लाई लगाइएको छ ।