logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्तरपार्टी निर्देशिका जारी गर्दै कार्यकर्तालाई ओलीले दिए यस्तो निर्देशन


अंकुरण खबर
1.3K
Shares

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकर्तालाई जुनसुकै बेला निर्वाचनमा जान तयार रहन निर्देशन दिएका छन् ।

चैत १३ गते जारी अन्तरपार्टी निर्देशनमा अध्यक्ष ओलीले जुनसुकै बेला निर्वाचनमा जान तयार रहनेगरी क्रियाशील हुन निर्देशन दिएका हुन् ।

अन्तरपार्टी निर्देशनमा ओलीले भनेका छन्, ‘संसदको पहिलो बैठकको परिदृश्य र त्यस यताका घटनाक्रमले ताजा जनादेशको आवश्यकता र औचित्यलाई पुष्टि गर्दै लगेको छ ।’

अदालतको आदेशलाई कार्यान्वयन गर्दै विद्यमान राजनीतिक शक्ति सन्तुलनभित्रै राजनीतिक स्थायित्व र स्थिरताका लागि आफूहरुको प्रयास केन्द्रित हुने तर सबै विषय आफ्नो इच्छा वा निर्णयमा मात्र निर्भर नहुने पनि ओलीले प्रस्ट पारेका छन् ।

‘सरकारमा रहँदा जनता र देशको हितमा अधिकतम परिणाम दिने गरी काम गर्ने, प्रतिरक्षामा रहनु परे तदनुरुपकै प्रभावकारी भूमिका खेल्ने र जनुसुकै पनि बेला निर्वाचनमा जान तयार रहने गरी हाम्रो पार्टी पङ्क्ति क्रियाशील हुनु पर्छ,’ निर्देशनमा भनिएको छ ।