नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
देउवालाई भेट्न प्रचण्ड मंगलवार दिउँसो बूढानीलकण्ठस्थित निवासमा पुगेका हुन् ।
देउवा र प्रचण्डबीचको भेटवार्ताबारे दुवै पक्षले पुष्टि गरेपनि छलफलको विषयवस्तुबारे बाहिर आएको छैन ।
प्रचण्डले कांग्रेसलाई सरकारको नेतृत्व लिन यसअघि नै आग्रह गरेका थिए । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा कुनै निर्णय नगर्ने देउवाले बताउँदै आएका थिए ।
अध्यक्ष प्रचण्डले शनिवार एक कार्यक्रममा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएका थिए ।
सभापति देउवाले भने केही दिनअघि विराटनगरमा पुगेर कांग्रेस प्रतिपक्षमै बस्ने बताएका थिए ।
प्रचण्डले मंगलवार नै जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेका छन् ।