logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप १६२ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
741
Shares

नेपालमा बुधबार थप १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार ९ सय १९ मा पिसिआर गर्दा १६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ।

पछिल्लो २४ घन्टामा ५९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ।