logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओमान टी-२० सिरिज : आज नेपाल र हङकङ भिड्दै


अंकुरण खबर
949
Shares

काठमाडौं – ओमानमा जारी टी २० सिरीजमा नेपालले पहिलो खेलमा आज हङकङ विरुद्ध खेल्दैछ । ओमान क्रिकेट एसोसियसनको मैदानमा नेपाली समय अनुसार दिउसो सवा ३ बजेबाट सुरु हुनेछ ।

सिंगापुरमा चार टी २० खेलमा एकमा जित, दुई हार र एक बराबरी खेलेर ओमान पुगेको नेपाली टिमले पहिलो खेलमा चिरप्रतिद्धन्द्धी हङकङसँग खेल्दैछ । टी २० विश्वकप छनोटको तयारीमा रहेको हङकङ विरुद्ध नेपाली टिम सहज जितको अपेक्षामा रहेको छ ।

ओमान विरुद्धको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको हङकङको टिममा मुख्य तीन खेलाडी छैनन् । बाबर हायात लगायतका अनुभवी खेलाडी नभएकाले यसपटक हङकङ टिम केहि कमजोर देखिएको छ । उसले ओमान विरुद्ध सात विकेटका हार ब्यहोर्दा ब्याटिङमा कमजोर देखिएको थियो ।

यो प्रतियोगिताकै कमजोर टिम मध्येको एक हङकङ विरुद्ध नेपालले टी २० मा करिव चार बर्षपछि खेल्न लागेको हो । २०१४ को विश्वकप छनोटपछि नेपालले टी २० मा यो टिमसँग खेलेको छैन । एकदिवसिय क्रिकेटमा भने २०१८ मा खेलेको नेपाल सो बेला विजयी भएको थियो । नेपाली टिमका लागि आज युवा खेलाडीको परिक्षणको मौका पनि रहेको छ ।