logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस सांसद संग्रौलाले मागिन् प्रधानमन्त्रीको राजीनामा


अंकुरण खबर
1.066K
Shares

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री ओलीले शासन गर्ने नैतिकता गुमाएकाले तत्काल राजीनामा दिनुपर्ने माग गरिन्।

सत्ता टिकाउन प्रधानमन्त्री ओली जे(जस्तो कूकर्म गर्न पनि तयार हुने भन्दै उनले उनका गतिविधिले पुष्टि गरेको दाबी गरिन्। प्रतिनिधिसभाको खुल्ला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय भएको प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनस्स्थापनापछि संसद्लाई बिजनेसविहीन बनाएको आरोप लगाइन्।

‘प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनस्स्थापना भएको र अहिले उनी सत्ता टिकाउन जे पनि गर्न लागिपरेकाले म संसद्‍मार्फत प्रधानमन्त्रीको राजीनामा माग्छु,’ सांसद संग्रौलाले भनिन्, ‘भ्रष्टाचार र सरकार एक अर्काका परिपूरक हुन्। जनताप्रति अनुत्तरदायी सरकार चाँडोभन्दा चाँडो बहिर्गमन आजको आवश्यकता हो।’

प्रधानमन्त्री अझै पनि भ्रष्टाचारमा शून्य सहनशीलता भन्‍न नछोड्ने तर यस्ता भ्रष्टाचारमा छानविन नहुने कुरा लज्जास्पद भएको उनको भनाइ थियो।