नेकपा एमालेको नेपाल-खनाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने भएको छ ।
नेपाल-खनाल समूह बागमती प्रदेशको स्थायी कमिटि बैठकबाट समानान्तर कमिटी घोषणा गर्ने पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । बैठक विहान ११ बजे बल्खुस्थित एक पार्टी प्यालेसमा बोलाइएको हो ।
अध्यक्ष केपी शर्मा ओलीका गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आएको खनाल नेपाल समूहले ओलीको कारबाहीका बाबजुद समानान्तर कमिटी घोषणा गर्दै आएको छ ।
दुई दिन अघि खनाल नेपाल समूहले काठमाडौं जिल्ला कमिटी घोषणा गरेको थियो । यस्तै गण्डकी प्रदेशमा पनि समानान्तर कमिटी गठन गरिसकेको छ ।
अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेपछि नेपाल खनाल समूहले समानान्तर कमिटीमा जोड दिइरहेको छ ।