logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल आज, नेपाल पुलिस र अफ्रिकन रूट खेल्दै


अंकुरण खबर
1.235K
Shares

पोखरामा जारी १९औँ आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लव र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुदैछ ।

पुलिस र अफ्रिकनबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छन् ।

आहा राराकै सर्वाधिक सफल टिम पुलिसले क्वाटरफाइनलमा थ्री स्टारविरुद्ध ४-० को जित निकालेको थियो । यस्तै, पहिलो पटक खेलिरहेको अफ्रिकनले मछिन्द्र क्लबलाई २-१ ले स्तब्ध बनाएको थियो ।

यस खेलको विजेताले उपाधिका लागि संकटा क्लबसँग खेल्नेछ । संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ ।