logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोजगारीको अवसर सिर्जना गर्न उत्पादनमा जोड दिनुपर्छ : ओली


अंकुरण खबर
2.678K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीको अवसर सिर्जना गर्ने र उत्पादन गर्नतिर लाग्नुपर्नेमा जोड दिएका छन् ।

उनले आयात नगरि नहुने बाहेक अन्य बस्तुको आयात नगरि उत्पादन तर्फ लाग्नु पर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभामा प्रधानमन्त्री ओलीले प्रविधि र बचतको उच्चतम प्रयोग गर्दै आयात नगरी नहुने कुरा बाहेक अन्य आयात गर्न नहुने बताए ।  अत्यावश्यक बस्तु मात्र आयात गर्नुपर्नेमा उनले जोड दिए ।

अनावश्यक वस्तु आयात गर्न छाड्यो भने व्यापार सन्तुलन भइहाल्ने उनको भनाइ थियो । ‘हामीले निर्यातमूलक वस्तु उत्पादनमा लाग्यौं भने व्यापार घाटामा कमी आउँछ, यसले हाम्रो मुद्दामा सकारात्मक प्रभाव पार्छ,’ उनले बताए ।

रोजगारी र उत्पादन र बढीभन्दा बढी आयात प्रतिस्थापन गर्न पनि उनले जोड दिए । ‘हामी हाम्रो देश बनाउन हामीसँग आत्मविश्वास चाहिन्छ,’ उनले भने, ‘कोरोनाले अन्य ठाउँजस्तो हाम्रो देशमा संकट भएन, विश्वकै संकटको रूपमा यो महामारी आयो, हामीले नियन्त्रण गर्न सक्यौं।’

त्यसैले उपभोग्य वस्तुको आपूर्ति ल्याउनपर्ने हुँदा पनि आयात गर्दा संकटका बेला नचाहिएका कुरा नल्याउन उनले आग्रह पनि गरे । जनजीवन ठप्प नपार्न भन्दै कोभिड १९ संक्रमणका बेला सजग हुनुपर्ने उनले बताए ।