logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मस्कोमा आयोजित ईनर्जी विक २०१९ मा सहभागी भई ऊर्जामन्त्री पुन स्वदेश फिर्ता


अंकुरण खबर
1.378K
Shares

काठमाडौं – रुसको मस्कोमा आयोजित ईनर्जी विक २०१९ मा सहभागि भई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन मंगलबार विहान स्वदेश फर्केका छन् ।

ईनर्जी विक लगाएत बिभिन्न उच्चस्तरीय भेटवार्तामा सहभागी भइ मन्त्री पुन मंगलबार बिहान स्वदेश फर्केका हुन् । उनीसंगै रहेका भ्रमणका अन्य सदस्यहरुपनि मंगलबार नै स्वदेश फर्केका छन् ।

नेपालमा जलविधुत क्षेत्रको बिकास र यस क्षेत्रमा लगानी भित्राउन आफुले सरोकारवालाहरुसंग छलफल गरेको उनले बताए । रुसमा रहदा मन्त्री पुनको टोलीले ईनर्जी विक २०१९ मा सहभागि भइ नेपालमा उर्जा क्षेत्रको बिकासका लागी चाल्नुपर्ने कदमका बारेमा छलफल गरेको थियो ।

त्यस्तै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए । रुस भ्रमणका क्रममा मन्त्री पुनले रसिया–नेपाल मैत्री संघका अध्यक्ष, रसियन समकक्षी, रसियामा रहेका गैर आवासीय नेपाली तथा रसियन लगानीकर्तासँग अन्तरक्रिया गरेका थिए ।

नेपालमा ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानी भित्र्याउनका लागि उनले आव्हान समेत गरेको पुनका स्वकीय सचिव दुर्गाप्रसाद चापागाईले जानकारी दिए ।